प्रभु क्यापिटलका २ वटा म्युचुअल फन्डको लाभांशका लागि बुक क्लोज मिति तय
प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांशका लागि बुक क्लोज मिति तय भएको छ । ‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ को बुक क्लोज मिति तय भएको हो ।
फन्डहरुले नगद लाभांश वितरण गर्न असोज १४ गते सोमबार बुक क्लोज गर्दैछन् । यसर्थ, असोज १३ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।
गत वर्षको नाफाबाट प्रभु सेलेक्ट फन्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डका इकाईधनीलाई कर सहित ८.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।
एजेन्सी
Comments