चीनको शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी, ४ लाख जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो
चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलाे आँधी आएको छ । सोमबार आएको 'बाबिन्का' नामको आँधी ७५ वर्षयताकै ठूलो रहेको बीबीसी हिन्दीले जनाएको छ ।
आँधीका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । चीनको मौसम विभागले सोमबार बिहान साढे ७ बजे बिबिन्का आँधीले शङ्घाईको तटीय क्षेत्रमा विध्वंस मच्चाएको र शहरका कैयौं संरचनामा असर पुगेको जनाएको छ । आँधीको पूर्वसूचना पाएलगत्तै शाङ्घाई नगर प्रहरीले हिजो बेलुका नै चार लाख जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको थियो ।
यस्तै चेओन्गामिङ जिल्लाबाट नौ हजार जना मानिसलाई पनि सुरक्षित ठाउँमा सारिएको सरकारले जनाएको छ । आँधीका कारण चीनमा सयौं उडान रद्द भएका छन् भने शाङ्घाई जोड्ने सबैजसो राजमार्गहरू पनि बन्द भएका छन् ।
एजेन्सी
Comments