पाकिस्तानले अफगानिस्तानबाट हटायो आफ्ना विशेष कूटनीतिज्ञ
पाकिस्तानले अफगानिस्तानमा खटाएका आफ्ना विशेष कूटनीतिज्ञ आसिफ दुर्रानीलाई हटाएको छ।
पाकिस्तानी मिडिया हाउस डनका अनुसार पाकिस्तानी आर्मी दुर्रानीको कामबाट खुसी नभएपछि त्यहाँको सरकारले उनलाई हटाएको हो।
दुर्रानीका अनुसार अफगानिस्तानको नीतिका सम्बन्धमा उनले दिएको सल्लाह परराष्ट्र मन्त्रालयले निरन्तर बेवास्ता गरिरहेको थियो।
पाकिस्तानले जुन २०२० मा अफगानिस्तानमा विशेष कूटनीतिज्ञ पठाउन थालेको थियो।
ती कुटनीतिज्ञले तालिबान सरकार र अफगानिस्तानमा उपस्थित अन्य देशहरूसँग मिलेर काम गर्नु थियो। सन् २०२० ताका अफगानिस्तानमा नाटो देशका सेना तैनाथ थिए।
सन् २०२० मा अमेरिका र तालिवानबीच दोहामा सम्झौता भएको थियो। सम्झौता अनुसार अमेरिकाको नेतृत्वमा नाटोले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने थियो।
बदलामा, तालिबानले आतंकवादी संगठन अल-कायदाको बृद्धि रोक्न र अफगान सरकारसँग मिलेर काम गर्ने वाचा गरेका थिए।
यो सम्झौतापछि मात्र पाकिस्तानले अफगानिस्तानमा आफ्नो विशेष कूटनीतिज्ञ पठाएको थियो। आसिफ दुर्रानी मे २०२३ देखि यो पदमा थिए।
अफगानिस्तानबाट सञ्चालित आतंकवादी संगठन टीटीपीका कारण बिग्रिएको पाकिस्तान-अफगान सम्बन्ध सुधार्नु उनको काम थियो।
एजेन्सी
Comments