नेपाल ल्यूब आयल लिमिटेडको लाभांश घोषणा

नेपाल ल्यूब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभाका लागि पनि मिति तय गरेको छ । कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।

यस्तै, चालु आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त पनि गर्नेछ ।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ ।

एजेन्सी

Comments

Back to top