नबिल स्टक डिलर लिमिटेडको वार्षिक साधारण सभा असोज २० गते

नबिल स्टक डिलर लिमिटेडले असोज २० गते वार्षिक साधारण सभा डाकेको छ ।

यस कम्पनीको साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारण  सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रवधानहरुमा संशोधन गर्ने अख्तियारी सञ्चालन समितिलाई दिने विशेष प्रस्ताव पनि छ ।

साधारण सभा नबिल स्टक डिलरको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top