नेप्सेमा ७८.१७ अंकको वृद्धि , ८ अर्ब १६ करोडको सेयर कारोबार!

बिहिबार नेप्से परिसूचक ७८.१७ अंकले बढेर २,६८८.३८ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१८ कम्पनीको कुल १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयरको करिब ८ अर्ब १६ करोड ९२ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २२९ कम्पनीको सेयर मूल्य बढेको छ, १२ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनर वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन भेन्चरस् लिमिटेड, इर्स्टन हाइड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलप्मेन्ट लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा थ्री स्टार हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४७ करोड ६५ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रोइलिक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड प्रोमोटरको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top