हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा

हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । तर ३५ दिनभित्र संस्थापकहरूले शेयर नकिनेको खण्डमा भने बैंकले सर्वसाधारणले मात्रै किन्न पाउने गरी सो शेयर पुनः बिक्रीमा ल्याउने जनाएको छ ।

सो शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा निवेदन दिनु पर्नेछ ।

बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताअनुसार फरकफरक भएकाले मूल्य लगायत अन्य जानकारीका लागि केन्द्रीय कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।

एजेन्सी

Comments

Back to top