दसैँका लागि सुकिला नोट असोज १३ गतेदेखि पाइने
दसैँ लगायतका चाडपर्वका लागि सुकिला नोट साट्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत असोज १३ गतेदेखि नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
यस पटक दशैंमा नयाँ नोट साट्न पाइँदैन । सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।
Comments