नेप्सेमा १३.०९ अंकको गिरावट , ७ अर्ब २४ करोडको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घटेर २,६३२.९४ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२८ कम्पनीको कुल १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयरको करिब ७ अर्ब २४ करोड ५५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ६७ कम्पनीको सेयर मूल्य बढेको छ, १७० कम्पनीको मूल्यमा गिरावट छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ भने १ परिसूचक स्थिर रहेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनर मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम ३ रहेकाे छ जसको सेयर मूल्य ८.८२% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हाइड्रोइलिक्ट्रीसिटी इन्भेष्मेन्ट एण्ड कम्पनी लिमिटेड प्रोमोटर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ८१ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top