अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

पूर्वउपसभामुख चित्रलेखा यादव  अस्ट्रेलियाको राजदूतमा सिफारिस भएकी छन् ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेस नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएपछि उनको स्थानमा यादवको नाम सिफारिस गरिएको हो ।

यसअघि  सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो ।

एजेन्सी

Comments

Back to top