नाइजेरियामा तेल बोकेको ट्याङ्कर र मानिसहरूले भरिएको ट्रक ठोक्किँदा कम्तीमा ५० जनाको ज्यान गयो

नाइजेरियामा तेल बोकेको ट्याङ्कर र मानिसहरूले भरिएको ट्र्क ठोक्किँदा कम्तीमा ५० जनाको ज्यान गएको छ ।

स्थानीय आपत्कालीन व्यवस्थापन एजेन्सीले तेलले भरिएको ट्याङ्कर ट्रकमा ठोक्किँदा विस्फोट भएको जनाएको छ । ट्रकमा मानिससँगै जनावर पनि थिए । ठोक्किएपछि दुवै गाडीमा आगलागी भएको र ट्याङ्कर विस्फाेट भएको भिडियो फुटेजमा देखिएको छ ।

विस्फाेट नभएको भए कम क्षति हुने तर विस्फाेटले गर्दा ठूलो मावनीय क्षति भएको सरकारी अधिकारीले बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै आपत्कालीन एजेन्सीका प्रवक्ता हुसेन इब्राहिमले दुर्घटना विगत केही वर्षयताकै सबैभन्दा खराब भएको बताएका छन् । खराब सडकका कारण नाइजेरियामा बारम्बार यस्ता दुर्घटना हुने गरेका छन् ।

एजेन्सी

Comments

Back to top