नेप्सेमा ५५.८६ अंकको गिरावट , ९ अर्ब ४३ करोडको सेयर कारोबार!

सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २,६४६.०३ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२७ कम्पनीको कुल २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयरको करिब ९ अर्ब ४३ करोड ९१ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २२ कम्पनीको सेयर मूल्य बढेको छ, २२२ कम्पनीको मूल्यमा गिरावट छ ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनर  हाथ्वे इन्भेष्मेन्ट नेपाल लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.९८ प्रतिशतले बढेको छ। टप लुजरमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.७८% ले घटेको छ। कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रोइलिक्ट्रीसिटी इन्भेष्मेन्ट एण्ड कम्पनी लिमिटेड प्रोमोटरको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top