काठमाडौंमा खोलाको मापदण्डबारे सर्वोच्चको फैसलाविरुद्ध सरकार भ्याकेटमा जाने
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डाैका नदी किनाराबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने जनाएका छन् ।
उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय नागरिक र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट गरेका हुन् । सर्वोच्च अदालतका फैसलालाई आफूहरूले सम्मान गर्ने तर विविध कारणले कुनै कुनै फैसला त्रुटिपूर्ण हुनसक्ने भएकाले आफूहरूले पुनरावलोकन गर्ने उनकाे भनाइ छ ।
अदालतले नागरिकका पीरमर्कालाई बुझ्ने र खोला किनाराका बासिन्दाले न्याय पाउने ओलीले आशा व्यक्त गरेका छन् ।
एजेन्सी
Comments