भगवति हाइड्रोपावरको लाभांश घोषणा
भगवति हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आ.व. २०८० / ०८१ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १०.७३६८ प्रतिशत नगद लाभांश गरि कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले असोज १६ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
एजेन्सी
Comments