सार्फीको अध्यक्षमा गभर्नर अधिकारी नियुक्त
साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुसन इनिसियटिभ (सार्फी)को अध्यक्षमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।
मध्य अमेरिकी मुलुक एल्साल्भाडोरको राजधानीमा २ सेप्टेम्बरदेखि जारी एलायन्स फर फाइनान्सियल इन्क्लुसन (एउफआई) ग्लोबल पोलिसि फोरमको बैठक अन्तर्गत आयोजित ५औं सार्फी लिडर्स राउन्टेबलमा सार्फीको अध्यक्षमा गभर्नर अधिकारी नियुक्त भएका हुन् ।
सो अवसरमा गभर्नर अधिकारीले भर्चुअल माध्यमबाट सहभागिता जनाएर अध्यक्षता ग्रहण गरे । यस्तै बैठकले स्टेट बैंक अफ पाकिस्तान लाई उपाध्यक्ष चयन गरेको छ । यसअघिको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।
एजेन्सी
Comments