अमेरिकामा १४ वर्षीय बालकले स्कुलमा चलाएको गाोली लागेर चार जनाको मृत्यु, नौ जना घाइते

अमेरिकाको जर्जियास्थित एक हाइस्कुलमा गोली चल्दा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

हत्याको आरोपमा त्यहाँका विद्यार्थी समेत रहेका १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार भएको यस घटनामा मारिनेमा दुई विद्यार्थी र दुई शिक्षक रहेको जर्जियाको अनुसन्धान एजेन्सीले जनाएको छ।

गोली चलेको खबर पाएर प्रहरी पुगेपछि आक्रमणकारीले आत्मसमर्पण गरी भुइँमा पल्टेका थिए। अब उनलाई वयस्कको रूपमा मुद्दा चलाइनेछ।

कोल्ट ग्रेको गतिविधिमाथि एफबीआईले पहिले नै शंका गरेको खबर बाहिरिएको छ। गत वर्ष मे महिनामा एफबीआईले उनको परिवारसँग सोधपुछ गरेको थियो।

त्यसबेला उनले सामाजिक सञ्जालमा विद्यालयमा गोली हानेको धम्की दिएका थिए तर त्यतिबेला उनी पक्राउ परेका थिएनन्।

त्यतिबेला उनका बुवाले अफिसरहरूलाई उनीसँग बन्दुक भए पनि निगरानीमा राखिएको बताएका थिए।

एजेन्सी

Comments

Back to top