नेप्सेमा ९०.७३ अंकको गिरावट , १२ अर्ब ९२ करोडको सेयर कारोबार!
बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घटेर २,७३९.४६ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३२० कम्पनीको कुल २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयरको करिब १२ अर्ब ९२ करोड ५६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३१ कम्पनीको सेयर मूल्य बढेको छ, २१३ कम्पनीको मूल्यमा गिरावट छ भने १ कम्पनी स्थिर रहेका छन्।
यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा कुमारी इक्विटी फण्ड लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ५२ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा अपी पावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments