नेप्से इन्ट्राडे अपडेट: ५४.८७ अंकको गिरावट!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ५४.८७ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ५४.८७ अङ्कले घटेर २,७७५.३२ मा आएको हो। ३०२ कम्पनीको १०,७६७,७४१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ५ अर्ब ९१ करोड ९४ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.४१% ले घटेको छ।

 

Comments

Back to top