नेप्सेमा १२७.३२ अंकको वृद्धि , १३ अर्ब १० करोडको सेयर कारोबार!

सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २,८२३.२५ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३३५ कम्पनीको कुल ३ करोड १४ लाख ०४८ कित्ता सेयरको करिब १३ अर्ब १० करोड ४६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ, ५ कम्पनीको मूल्यमा गिरावट छ ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा लक्ष्मी उन्नती कोष कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ४.७१% ले घटेको छ। कारोबार रकमका आधारमा गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ५२ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा अपी पावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top