नेप्से इन्ट्राडे अपडेट: ४७.८७ अंकको वृद्धि!
सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ४७.८७ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ४७.८७ अङ्कले बढेर २,७४३.८० मा आएको हो। ३१९ कम्पनीको १२,३४०,५३७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ५ अर्ब ५३ करोड २८ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा माइ खोला हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.६८% ले घटेको छ।
Comments