युक्रेनको ड्रोन आक्रमणमा रुसका उर्जा पूर्वधारमा आगलागी

युक्रेनले गरेको ड्रोन आक्रमणका कारण रुसका २ उर्जा पूर्वाधारमा आगलागी भएको छ।

१५८ युक्रेनी ड्रोनले मस्कोलगायत १५ भन्दा बढी क्षेत्रलाई निशाना बनाएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । रुसी सेनाले यी सबै ड्रोन नष्ट गरेको दाबी गरेको छ।

तेल रिफाइनरीमा भएको आक्रमणका कारण आगलागी भएको मस्कोका मेयर सर्गेई सोब्यानिन ले बताएका छन् । रुसको राजधानी मस्को र आसपासका क्षेत्रमा ११ ड्रोनले निशाना बनाएको मेयर सोब्यानिनले बताए ।

मस्कोभन्दा १२० किमि टाढा तीयोर क्षेत्रस्थित कोनाकोवो पावर स्टेशनमा ठुलो विष्फोटको आवाज सुनिएको थियो ।  कशिरा पावर प्लान्टमा ड्रोन आक्रमणको प्रयास भएपनि क्षतिको विवरण आउन सकेको छैन ।

युक्रेनले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छै ।

एजेन्सी

Comments

Back to top