नेप्से ५३.६३ अंकले घट्यो , १० अर्ब ५१ करोडको सेयर कारोबार !
आइतबार नेप्से परिसूचक ५३.६३ अंकले घटेर २,६९५.९३ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३३७ कम्पनीको कुल २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयरको करिब १० अर्ब ५१ करोड ७६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ३१ कम्पनीको सेयर मूल्य बढेको छ, २०९ कम्पनीको मूल्यमा गिरावट छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा सुपर माइ हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५२ करोड ३१ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सानिमा लार्ज क्याप फण्डको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments