नेप्से इन्ट्राडे अपडेट: १५.१० अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक १५.१० अंकले घटेको छ।

दुई घण्टामा नेप्से १५.१० अङ्कले घटेर २,७३४.४६ मा आएको हो। ३२१ कम्पनीको ९,९६२,१११ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ९३ करोड ९१ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा सुपर माइ हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा माइ खोला हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top