लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको कम्पनीले बताएको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले सर्वसाधारण निष्काशन गर्नको लागि भाद्र ९ गते बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

कम्पनीले न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पुर्याउने लक्ष्य लिई यस यस कम्पनीले २०८० भदौ १ गते लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी पुस ६ गतेदेखि औपचारिक रूपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

एजेन्सी

Comments

Back to top