नेप्से ३६.८३ अंकले घट्यो , १२ अर्ब २४ करोडको सेयर कारोबार !
बिहिबार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २,७४९.५७ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३२२ कम्पनीको कुल २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयरको करिब १२ अर्ब २४ करोड ३६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ५३ कम्पनीको सेयर मूल्य बढेको छ, १८८ कम्पनीको मूल्यमा गिरावट छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा थ्री स्टार हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ६५ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा अपि पावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।
Comments