क्यानडाले पनि चिनियाँ ईभीमा बढायो कर

क्यानडाले पनि चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयातमा एक सय प्रतिशत शुल्क लगाउने भएकोे छ । अमेरिका र युरोपेली संघले यसअघि नै चिनियाँ कारमा थप कर लगाइसकेका छन् ।

अमेरिका, युरोपेली संघ, क्यानडालगायतका पश्चिमी मुलुकहरुले चीनले आफ्नो विद्युतीय सवारी उद्योगलाई सहुलियत दिएको आरोप लगाउँदै आएका छन् । चीनले सहुलियत दिएका कारण आफ्नो देशका विद्युतीय गाडीको लागत महँगो भएकोले चिनियाँ विद्युतीय गाडीमा कर गाउनुपरेको बताउँदै आएका छन् ।

चीनले भने पश्चिमा मुलुकहरुले लिएकोे यो कदमलाई ‘व्यापार संरक्षणवाद’को संज्ञा दिएको छ । जुन विश्व व्यापार संगठनको नियमहरुको उल्लंघन गरेको आरोप चीनको छ ।

क्यानडाले विद्युतीय कारमा बढाएको ट्यारिफ शुल्क अक्टोबर एक देखि लागू हुनेछ । यस्तै स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत भन्सार लगाउने बताएको छ । जुन अक्टोबर १५ देखि लागू हुनेछ ।

एजेन्सी

Comments

Back to top