नेप्से ३.८० अंकले बढ्यो , १३ अर्ब ७२ करोडको सेयर कारोबार !

बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २,७८६.४० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२६ कम्पनीको कुल ३ करोड ५० लाख ७ हजार ०३९ कित्ता सेयरको करिब १३ अर्ब ७२ करोड ७३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९७ कम्पनीको सेयर मूल्य बढेको छ, १४३ कम्पनीको मूल्यमा गिरावट छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका ६ उपसमूहको परिसूचक घटेको छ भने ७ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा लिबर्टी इनर्जी कम्पनी लिमिटेड, मीड सोलु हाइड्रोपावर लिमिटेड र हिमालयन हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा कर्णाली डेभलपमेन्ट बैँक लिमिटेड रहेको छ जसको सेयर मूल्य ६.८८% ले घटेको छ। कारोबार रकमका आधारमा चन्द्रागिरी हिल्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड  डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top