ज्योति विकास बैंकको संस्थापक समूहको शेयर सर्वसाधारणमा बिक्री खुला

ज्योति विकास बैंकले संस्थापक समूहको शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले मंगलबारदेखि संस्थापक  शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा जोसुकै व्यक्ति तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

इच्छुक लगानीकर्ताले कम्पनीको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयरको परिमाण उल्लेख गरेर आवेदन दिनुपर्नेछ। कम्पनीले बिक्रीमा ल्याएको शेयरको परिमाण र मूल्य भने सूचनामा उल्लेख गरेको छैन ।

Comments

Back to top