डाबरले भारतको तमिलनाडुमा चार अर्ब लगानी गर्ने
फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) कम्पनी डाबरले तमिलनाडुमा चार अर्ब भारतीय रुपैयाँ लगानी गर्ने भएकोे छ । कम्पनीले विल्लुपुरम जिल्लामा विश्वस्तरीय उत्पादन कारखाना स्थापना गर्न तमिलनाडु सरकारसँग सम्झौता गरेको छ ।
तमिलनाडुका उद्योग मन्त्री डा. टीआरबी राजाले भने डाबरले गर्ने चार सय करोडको यो लगानीले दुई सय ५० भन्दा बढी रोजगारी सिर्जना गर्नेछ । अझ महत्वपूर्ण कुरा यसले वरपरका डेल्टा क्षेत्रका किसानहरूलाई यस उत्पादन कारखानामा प्रशोधित कृषि उत्पादनहरू बेच्ने नयाँ अवसर खोल्नेछ ।
उनले डाबर घरेलु हेरचाह, व्यक्तिगत हेरचाह र जुस उत्पादनका लागि लोकप्रिय रहेको बताए । तमिलनाडु छनोट गर्ने उनीहरूको निर्णय हाम्रो राज्यको फस्टाउँदै गइरहेको औद्योगिक इकोसिस्टम र तयार श्रमशक्तिको उपलब्धताको प्रमाण हो ।
एजेन्सी
Comments