आरती पावरले ३६ करोडको आइपीओ निष्कासन गर्ने

आरती पावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको साउन ३२ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले ३६ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।

आरती पावर कम्पनी लि. प्रवर्धक अपर ईर्खुवा खोला जलविद्युत् आयोजना १४.५ मे.वाको आयोजना हो । साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरु समेत नियुक्त गरेको छ । भरत बहादुर खत्री अध्यक्ष, विरेन्द बहादुर न्यौपाने, प्रकाश दुलाल, र श्रीमती सबिता गोदार थापालाई संचालक चयन गरेको छ ।

साथै अधिकृत पुँजी १४० करोड मध्ये १०४ करोड संस्थापकबाट चुक्ता भैसकेको कम्पनीको ३६ करोड बराबरको सर्वसाधारण शेयर निष्काशन गर्ने निर्णय समेत सभाले गरेको छ । सभाले उक्त रकम बैंकको ऋण चुक्ता गर्ने महत्त्वपूर्ण निर्णय समेत गरेको छ ।

एजेन्सी

Comments

Back to top