सूर्योदय वोमी लघुवित्तको साधारणसभा आज बस्दै
आज साउन ३२ गते सूर्योदय वोमी लघुवित्तको साधारणसभा बस्दैछ । यस कम्पनीको सभा ललितपुरस्थित लुभु पार्टी प्यालेसमा दिउँसो साढे १२ बजेदेखि बस्नेछ । सभाले एफपीओ सहित कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै आर्थिक वर्ष २०७९।८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव ०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभाले मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी मर्जर सहमतिमा हस्ताक्षर गर्ने र सोका लागि तथा आवश्यक कुनै विषयमा थप संशोधन र परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। साउन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
एजेन्सी
Comments