४३.०५ अंकको वृद्धिका साथ नेप्से ३००० विन्दुमा, २९ अर्ब ९५ करोडको सेयर कारोबार !

बिहिबार नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३,०००.८१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३३४ कम्पनीको कुल ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयरको करिब २९ अर्ब ९५ करोड ८५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १०५ कम्पनीको सेयर मूल्य बढेको छ, १३७ कम्पनीको मूल्यमा गिरावट छ भने १ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा राष्ट्रिय बिमा कम्पनी लिमिटेड, बुटवल पावर कम्पनी लिमिटेड र मोदी इनर्जी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा नेपाल फाइनान्स लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९१ करोड ३३ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा कुमारी बैँक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top