नेप्से इन्ट्राडे अपडेट: ४१.३३ अंकको वृद्धि!
बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ४१.३३ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ४१.३३ अङ्कले बढेर २,९९९.०८ मा आएको हो। ३१७ कम्पनीको ३३,४०१,५७८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १४ अर्ब ४० करोड ४७ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा राष्ट्रिय बिमा कम्पनी लिमिटेड, रादी विद्युत कम्पनी लिमिटेड र मोदी इनर्जी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा नेपाल फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments