नेप्सेमा ३४.२९ अंकको वृद्धि, २३ अर्ब ४३ करोडको सेयर कारोबार !

बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २,९५७.७५ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३३२ कम्पनीको कुल ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयरको करिब २३ अर्ब ४३ करोड ५ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १५६ कम्पनीको सेयर मूल्य बढेको छ, ७९ कम्पनीको मूल्यमा गिरावट छ भने ८ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा मन्दाकिनी हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८६ करोड ५८ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा अपि पावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।

 

Comments

Back to top