नेप्से इन्ट्राडे अपडेट: १४.२१ अंकको गिरावट!
मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक १४.२१ अंकले घटेको छ।
दुई घण्टामा नेप्से १४.२१ अङ्कले घटेर २,९१७.४३ मा आएको हो। ३२२ कम्पनीको २९,७३७,८३३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १२ अर्ब २६ करोड ५ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.६८% ले घटेको छ।
Comments