नेप्सेमा ७०.८१ अंकको वृद्धि, २७ अर्ब २४ करोडको सेयर कारोबार !
सोमबार नेप्से परिसूचक ७०.८१ अंकले बढेर २,९३१.६५ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३३९ कम्पनीको कुल ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयरको करिब २७ अर्ब २४ करोड २० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको छ, ६८ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनीको मूल्यमा परिवतर्न छैन।
यस दिन कारोबार भएका ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २२ करोड ८० लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा नबिल ब्यालेन्स्ड फण्ड २को कारोबार भएको छ।
Comments