नेप्सेमा ९२.५३ अंकको वृद्धि, २५ अर्ब ७७ करोडको सेयर कारोबार !
आइतबार नेप्से परिसूचक ९२.५३ अंकले बढेर २,८६०.९१ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३३० कम्पनीको कुल ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयरको करिब २५ अर्ब ७७ करोड ९४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २२५ कम्पनीको सेयर मूल्य बढेको छ, १५ कम्पनीको मूल्यमा गिरावट छ भने २ कम्पनीको मूल्यमा परिवतर्न छैन।
यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ५२ करोड २ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ।
Comments