नेप्से इन्ट्राडे अपडेट: ७२.४४ अंकको वृद्धि!
आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ७२.४४ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ७२.४४ अङ्कले बढेर २,८३८.८२ मा आएको हो। ३१८ कम्पनीको ३०,२०७,६१३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १३ अर्ब ५ करोड ३७ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड, सुभम पावर लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड र मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments