इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नामको ४८ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको थियो । तर ३५ दिनसम्म पनि संस्थापक शेयरधनीबाट खरीद आवेदन नपरेपछि संस्थापक र सर्वसाधारण दुबैले खरीद गर्न पाउने गरी पुनः बिक्रीमा राखेको छ ।

सो शेयर खरीद गर्न इच्छुकले १५ दिनभित्र बर्दाघाट सुस्ता पूर्व (नवलपरासी) गैंडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन दिनु पर्नेछ । शेयरको बिक्री मूल्य प्रचलित नियमानुसार हुने सूचनामा भनिएको छ ।

एजेन्सी

Comments

Back to top