नेप्सेमा ६.७० अंकको वृद्धि, २० अर्ब ७ करोडको सेयर कारोबार !

बिहिबार नेप्से परिसूचक ६.७० अंकले बढेर २,७६६.३८ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२२ कम्पनीको कुल ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयरको करिब २० अर्ब ७ करोड ४ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ७९ कम्पनीको सेयर मूल्य बढेको छ, १५९ कम्पनीको मूल्यमा गिरावट छ भने ४ कम्पनीको मूल्यमा परिवतर्न छैन।

यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ।

प्रमुख कारोबार

 

यस दिन ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रहेको  छ जसको सेयर मूल्य ८.०४% ले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २० करोड ९० लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैँक लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top