प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.१६ अंकले बढ्यो !
बिहिबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.१६ अंकले बढेको छ।
बुधबार १०८.३५ अंकले बढेर २,७५९.६७ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,७७२.८४ मा खुलेको हो। कुल १९,०८६ कित्ता सेयरको खरिदबिक्री करिब १ करोड २० लाख २४ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ८२ कम्पनीमध्ये ५५ को मूल्य बढ्यो भने १९ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।
यस अवधीमा कुल २२० पटक ट्रान्ज्याक्सन भएको छ।
Comments