नेप्सेमा १०८.३५ अंकको वृद्धि, १७ अर्ब ९५ करोडको सेयर कारोबार !
बुधबार नेप्से परिसूचक १०८.३५ अंकले बढेर २,७५९.६७ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३३० कम्पनीको कुल ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयरको करिब १७ अर्ब ९५ करोड ९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ, ३ कम्पनीको मूल्यमा गिरावट छ ।
यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा १०% सानिमा बैँक लिमिटेड डिभेन्चर रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ५३ करोड ५३ लाख बराबरको सेयर कारोबार भएको छ।
Comments