प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.५९ अंकले घट्यो !

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.५९ अंकले घटेको छ। 

मंगलबार १४५.०५ अंकले घटेर २,६५१.३२ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,६४४.७३ मा खुलेको हो। कुल ५६,६३६ कित्ता सेयरको खरिदबिक्री करिब २१ करोड २ लाख ५२ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका १०३ कम्पनीमध्ये २३ को मूल्य बढ्यो भने ५१ कम्पनीको मूल्य घटेको छ । २७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल ३१५ पटक ट्रान्ज्याक्सन भएको छ।

 

Comments

Back to top