श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३० हजार कित्ता शेयर बिक्रीमा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी मिन बहादुर कार्कीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । ३५ दिनभित्र संस्थापक शेयरधनीले सो शेयर खरीद नगरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको मूल्य बिक्रेता र खरीदकर्ताबीच आपसी समझदारीमा तय गरिने सूचनामा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top