लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी गोपालप्रसाद बास्तोला, सुवास महर्जन र शिवराज आचार्यको नाममा रहेको कुल ४३ हजार २९९ कित्ता बिक्रीमा राखेको हो ।
यो शेयर खरिद गर्न इच्छुक जोकोहीले आजका मितिले १५ दिनभित्र दिन सक्नेछन् ।
यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा राखे पनि संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
एजेन्सी
Comments