नेप्सेमा ४०.७६ अंकको वृद्धि, २१ अर्ब ८६ करोडको सेयर कारोबार !
सोमबार नेप्से परिसूचक ४०.७६ अंकले बढेर २,७९६.३८ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३२६ कम्पनीको कुल ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयरको करिब २१ अर्ब ८६ करोड ४९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६३ कम्पनीको सेयर मूल्य बढेको छ, ७८ कम्पनीको मूल्यमा गिरावट छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा नेपाल फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २६ करोड ४ लाख बराबरको सेयर कारोबार भएको छ।
Comments