कार्ल्सबर्ग साउथ एसियामा बाँकी रहेको सेयर खरिद सम्झौता

कार्ल्सबर्ग समूहले साउथ एसियामा रहेको आफ्नो बाँकी ३३.३३ प्रतिशत सेयर किन्न सीएसएपीएल सिंगापुर होल्डिगसँग सम्झौता गरेको छ।

कार्ल्सबर्ग समूहको ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसियासँग थियो। आगामी ३ देखि ५ वर्षमा ७४ करोड ४० लाख अमेरिकी डलर (हालको विनमय दरअनुसार १ खर्ब ३ अर्बभन्दा बढि) मा लेनदेन सम्झौता पूर्ण हुने छ। कार्ल्सबर्ग समूहको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार प्रस्तावित लेनदेनहरू पूरा भएपछिकार्ल्सबर्गले हालको व्यापारको शतप्रतिशत स्वामित्व पाउने छ।

कार्ल्सबर्ग समूहका प्रमुख कार्यकारी जेकब अरुप एन्डरसनले कार्ल्सबर्ग समूहले एसियाली व्यवसायको हिस्सा प्राप्त गरेसँगै लगानीलाई तीव्र बनाउने बताए। 

एजेन्सी

Comments

Back to top