समता घरेलु लघुवित्त संस्थाको सेयर नेप्सेमा सूचीकृत
समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको छ ।
लघुवित्त वित्तीय संस्थाको १४ लाख ८४ हजार ७५८ कित्ता सेयर सूचीकृत भएको हो । यसले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात अब समता घरेलु लघुवित्तको नाममा सेयर सूचीकृत भएको हो ।
समताले १ः१ को सेयर स्वाप अनुपातमा मनकामनालाई प्राप्ति गरेको हो । सोही स्वाप रेसियोका आधारमा कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै, नेप्सेमा मनकामनाको सूचीकरण पनि खारेज भएको छ । अब ‘एसएएमएटीए’ संकेतमा सेयर कारोबार हुनेछ ।
एजेन्सी
Comments