जापानको बेरोजगारी दरमा सुधार
जापानको बेरोजगारी दर पछिल्लो महिनाको दुई दशमलव छ प्रतिशतबाट सामान्य सुधार भई जुन महिनामा दुई दशमलव पाँच प्रतिशतमा झरेको सरकारी तथ्यांकले जनाएको छ ।
एक वर्षअघिको तुलनामा तीन लाख ७० हजारले वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको संख्या ६८ दशमलव २२ मिलियन पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ ।
मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको संख्या जून महिनामा तीन दशमलव तीन प्रतिशतले घटेर मौसमी बेरोजगारीमा समायोजित हुँदा एक दशमलव ७६ मिलियनमा पुगेको हो ।
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार मे महिनामा एक दशमलव २४ रहेको जापानको रोजगार–आवेदक अनुपात जूनमा घटेर एक दशमलव २३ पुगेको छ । लगातार तेस्रो महिनासम्म भएको यो गिरावटले प्रत्येक सय जना रोजगारी खोज्नेहरूको लागि एक सय २३ रोजगारी उपलब्ध भएको सङ्केत गरेको छ ।
एजेन्सी
Comments