नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने
नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको संस्थापक शेयर विक्री गर्न इच्छा राखी बैंक समक्ष निवेदन पेश गरेकाले बैंकले सो लघुवित्तको शेयर विक्रीमा ल्याएको हो ।
बैंककले लघुवित्तको नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्षएको हो ।बैंकले यसअघि असार १० गते ३५ दिने सूचना जारी गर्दै उक्त शेयर संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको थियो ।
बैंकले तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट सो शेयर खरिका लागि संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेपछि बैंकले सर्वसाधारण व्यक्ति वा संघसंस्थाले समेत किन्न पाउने गरी बिक्रीमा ल्याएको छ ।
उक्त शेयर खरिद गर्नका लागि इच्छुकले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयमा लिखित निवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
एजेन्सी
Comments